वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२/८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ ।
विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर ९६५ अनुगमन टोली परिचालन गरी कुल चार हजार ४८१ व्यावसायिक फर्म अनुगमन गरिएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम गरेको बजार अनुगमन क्रममा ५३७ व्यावसायिक फर्मलाई कारवाहीसहित जरिवाना तिराएको हो । बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट दुई करोड ६१ लाख २३ हजार ३०० रुपैयाँ जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ ।
अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात् तीन हजार ४६२ फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ । त्यसै गरी ३६२ फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ । विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएकामध्ये ११५ फर्ममात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाको पाइएको थियो ।
अनुगमन क्रममा कैफियत भेटिएका ४ फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाइएको विभागले जनाएको छ । विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ ।
जसअन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल ९८० गुनासोमध्ये ९२१ वटा फर्छ्योट भइसकेका छन् भने ५८ गुनासो प्रक्रियामा छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ मार्फत विभागमा प्राप्त ३२० गुनासोमध्ये ४६ वटा समाधान भएका छन् ।
सुनचाँदीको भाउ आज पनि घट्यो
# अर्थ
३० असार, २०८३
काठमाडौँ । सुनचाँदीको भाउ आज पनि घटेको छ । हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । सुन आज तोलाको दुई
आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप
# अर्थ
२५ असार, २०८३
काठमाडौँ । चालु आर्थिक वर्षको बजेटअन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा
अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
# अर्थ
२४ असार, २०८३
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको





-1784091986.png)
प्रतिकृया दिनुहोस