• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : ०४:३६

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाडौँ ।  सुनचाँदीको भाउ आज पनि घटेको छ । 

 

हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । सुन आज तोलाको दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

यसअघि हिजो तोलामा दुई हजार ८०० रुपैयाँले घटेर सुन तोलाको दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति आइतबार सुनको भाउ तोलाको दुई लाख ८८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । 

 

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर तोलाको चार हजार ३६० रुपैयाँमा झरेको छ । यसअघि हिजो चाँदी १०० रुपैयाँले घटेर तोलाको चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

# अर्थ

१० श्रावण, २०८३

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२/८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ

आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

# अर्थ

२५ असार, २०८३

काठमाडौँ । चालु आर्थिक वर्षको बजेटअन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो ।   आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

# अर्थ

२४ असार, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको