२३ जिल्लामा बाढीको जोखिम
काठमाडौँ । आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बाढीको जोखिम छ ।
महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ ।
महाशाखाले बाढीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
# राष्ट्रिय
१२ श्रावण, २०८३
काठमाडौँ । स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
# राष्ट्रिय
१२ श्रावण, २०८३
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
# राष्ट्रिय
१२ श्रावण, २०८३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम अग्रिम भुक्तानीको रूपमा





-1784091986.png)
प्रतिकृया दिनुहोस