स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि उक्त मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सो आग्रह गर्नुभएको हो ।
उहाँले आज प्रकाशन गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ “स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ ।”
सहप्रवक्ता अधिकारीले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा हो भन्दै नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नु तथा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु स्वास्थ्यकर्मीको अधिकार र सबै नागरिकको साझा दायित्व रहेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा उक्त मन्त्रालयको चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानुनी दायरामा ल्याइने पनि बताइएको छ ।
गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू र अस्पतालमा आक्रमण भएको भन्दै सुरक्षाको माग गर्दै सङ्घले बन्दको आह्वान गरेको हो ।
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
# राष्ट्रिय
१२ श्रावण, २०८३
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
# राष्ट्रिय
१२ श्रावण, २०८३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम अग्रिम भुक्तानीको रूपमा
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन
# राष्ट्रिय
११ श्रावण, २०८३
काठमाडौँ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग





-1784091986.png)
प्रतिकृया दिनुहोस