• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : ०३:४९

त्रिविको प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएकाे केही मिनेटमा आउट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

गएको शुक्रवार अर्थात् साउन ८ गते भएको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा शुरू भएको ५ मिनेटमै ‘एमबीएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो ।

 

साइबर ब्युरोले प्रश्नपत्र पठाउने ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ परेको हो । स्क्रिनशट अनुसार ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधानसमेत मागेका थिए ।

 

झन्डै १ हजार २३ जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन सङ्काय डीनको कार्यालयले अनुसन्धान र कारबाहीका लागि हिजो शनिवार नै साइबर ब्युरोमा पत्राचार गरेको थियो ।

 

यसैबीच त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सत्यतथ्य पत्ता लगाई ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

प्रतिकृया दिनुहोस

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह

# राष्ट्रिय

१२ श्रावण, २०८३

काठमाडौँ । स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

# राष्ट्रिय

१२ श्रावण, २०८३

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ ।   चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

# राष्ट्रिय

१२ श्रावण, २०८३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम अग्रिम भुक्तानीको रूपमा