• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : ०३:४८

साङ्केतिकरुपमा मनाइयो २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

साङ्केतिकरुपमा मनाइयो २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस


राष्ट्रिय शोकका कारण २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूगोलपार्कमा साङ्केतिकरुपमा मनाइएको छ । काठमाडौँ महानगरपालिकाले भूगोलपार्कमा बनाएको भूकम्प स्मृति स्मारकमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा आज कार्यक्रम गर्ने तयारी गरेको थियो ।

    आइतबार बिहान काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आज सरकारले सार्वजनिक बिदा दिएका कारण स्मारकमा फूल चढाएर  कार्यक्रम गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो ।

    कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुखको उपस्थिति थियो । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले विमान दुर्घटनामा परी ७२ यात्रुको निधन भएकामा राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत सहभागी हुने मूल समारोह समितिको कार्यक्रम पनि स्थगित गरिएको प्रचारप्रसार उपसमितिका सदस्य सचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले बताउनुभयो ।
 
    ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसकारुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने प्रचारप्रसार समितिका संयोजक एवं सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

तारुकाको गोरु जुधाईको स्वामित्व गाउँपालिकाबाट ग्रहण,अध्यक्ष अधिकारीद्वारा आभार प्रकट

# Slider

२ माघ, २०८२

नुवाकोट । गोरु जुधाई परम्पराको उद्गमथलो तारुका चन्दनीको गोरुजुधाई प्रदर्शनी एंव माघे संक्रान्ति मेला-२०८२ भव्यतापूर्वक सम्पन्न भएको छ

तारुकाको गोरु जुधाईको स्वामित्व गाउँपालिकाबाट ग्रहण,अध्यक्ष अधिकारीद्वारा आभार प्रकट

# Slider

२ माघ, २०८२

नुवाकोट । गोरु जुधाई परम्पराको उद्गमथलो तारुका चन्दनीको गोरुजुधाई प्रदर्शनी एंव माघे संक्रान्ति मेला-२०८२ भव्यतापूर्वक सम्पन्न भएको छ

तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना

# Slider

१६ पौष, २०८२

नुवाकोट । तारकेश्वर गाउँपालिकाले गत कार्तिक महिनामा परेको अविरल वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई राहत दिन ५० लाख रुपैयाँको धानबाली