• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : ०३:४९

नमूना जनजागृतका विद्यार्थीलाई राष्ट्रिय पोषाक वितरण

नुवाकोट । तारकेश्वर गाँउपालिका–३ मा अवस्थित नमूना जनजागृत आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय पोषाक वितरण गरिएको छ । नुवाकोट, रसुवा सहित यस आसपासका जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुराउदै आएको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले तारकेश्वर–३ स्थित बदेँलीमा रहेको नमूना जनजागृत आबिका विद्यार्थीलाई राष्ट्रिय पोषाक उपलब्ध गराएको हो ।

तारकेश्वर गाँउपालिकाले सातामा एकदिन राष्ट्रिय पोषाक कक्षा सञ्चालनमा ल्याएसगैँ उत्साहित भएका विद्यार्थीलाई सहजताको लागी र गाँउपालिकको अभियान सफल बनाउने उद्देष्यले ट्रष्टले पोषाक उपलब्ध गराएको जनाएको छ ।

 

विद्यार्थीलाई पोषाक उपलब्ध गराउन ट्रष्टका अध्यक्ष डा.केदारनरसिंह केसी आफै उपस्थित हुनुभएको थियो । विद्यार्थीलाई पोषाक हस्तान्तरण गर्दै उहाँले शिक्षा र स्वास्थ्य मानिसको सबैभन्दा ठूलो 'धन र शक्ति' भएकाले अध्ययनमा केन्द्रित हुन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागी तथा यसमा गुणस्तर सहित सुधारको लागी ट्रष्ट मार्फत गरिएको गतिविधिको जानकारी दिदै तारकेश्वर गाँउपालिकाबासीको लागी आवश्यक सहयोग थप निरन्तर उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

 

कार्यक्रममा पोषाक लैजान समन्वय गर्ने नेपाली काँग्रेस तारकेश्वर गाउँ कार्यसमितिका सभापति एंव समाजसेवी केशव अर्याल, वडा नं ३ का अध्यक्ष सूर्यमान श्रेष्ठ लगायत व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक एंव स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

तारुकाको गोरु जुधाईको स्वामित्व गाउँपालिकाबाट ग्रहण,अध्यक्ष अधिकारीद्वारा आभार प्रकट

# Slider

२ माघ, २०८२

नुवाकोट । गोरु जुधाई परम्पराको उद्गमथलो तारुका चन्दनीको गोरुजुधाई प्रदर्शनी एंव माघे संक्रान्ति मेला-२०८२ भव्यतापूर्वक सम्पन्न भएको छ

तारुकाको गोरु जुधाईको स्वामित्व गाउँपालिकाबाट ग्रहण,अध्यक्ष अधिकारीद्वारा आभार प्रकट

# Slider

२ माघ, २०८२

नुवाकोट । गोरु जुधाई परम्पराको उद्गमथलो तारुका चन्दनीको गोरुजुधाई प्रदर्शनी एंव माघे संक्रान्ति मेला-२०८२ भव्यतापूर्वक सम्पन्न भएको छ

तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना

# Slider

१६ पौष, २०८२

नुवाकोट । तारकेश्वर गाउँपालिकाले गत कार्तिक महिनामा परेको अविरल वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई राहत दिन ५० लाख रुपैयाँको धानबाली